काठमाडौं- 'हाम्रो पात्रो' एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई दुई नयाँ अपडेट ल्याएको छ। एन्ड्रोइडका लागि ल्याइएको अपडेटमा 'शीघ्र समाचार' र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जानकारी दिने 'हाम्रो निर्वाचन २०७४' रहेका छन्।
'शीघ्र समाचार' अन्तर्गत फ्लास चिह्न (~) लागेका समाचारहरु एक क्लिकमै न्यूनतम इन्टरनेट खर्चेर तत्कालै पूरै पाना पढ्न सकिने जनाइएको छ। सो चिह्न लागेका बाहेकका समाचार पढ्न भने 'पूरा समाचार पढ्नुहोस्' मा क्लिक गर्नुपर्नेछ।
'शीघ्र समाचार' का समाचारहरू प्रयोगकर्ताले सामाजिक सञ्जालमा तत्काल सेयर गर्न तथा फेसबुक मेसेन्जरमार्फत कसैलाई पठाउन र इमेल गर्न सकिने सुविधा पनि दिइएको छ।
हाम्रो पात्रोले प्रदेश तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन भएकै दिन पारेर सुरु गरेको नयाँ खण्ड 'हाम्रो निर्वाचन २०७४' मार्फत निर्वाचन सम्बन्धी ताजा जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ।
चुनावी गतिविधिको अपडेटलाई प्रभावकारी बनाउन सो एपले उज्यालो अनलाइनसँग सहकार्य गरेको समेत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।