काठमाडौं- सोलुखुम्बुको तिङ्लावासीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समेत बहिष्कार गरेका छन्।
राज्य पुनर्संरचनाको क्रममा वडा विभाजन हुँदा असन्तुष्टि जनाउँदै स्थानीय तहको निर्वाचनमा पनि भाग नलिएका तिङ्लावासीले आज भइरहेको निर्वाचनसमेत बहिष्कार गरे।
साबिकको गाविस रहेको तिङ्लामा ५ मतदान केन्द्र रहेका छन्। मतदाताको संख्या २५ सय ७५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
नेपाल लाइभसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले तिङ्लामा अहिलेसम्म एक मत समेत नखसेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।