सिन्धुपाल्चोक- पहिलो चरणको निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकमा अहिलेसम्म ४० प्रतिशत मतदान भएको छ।
बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। तर स्थानीय चुनावमा झैं प्रदेश र प्रतिनिधिसभाको चुनावमा उत्साह देखिको छैन।
सिन्धुपाल्चोकका सबै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण तवरले मतदान चलिरहेको छ। पाँचपोखरी गाउँपालिकास्थित लागर्चे मतदान केन्द्रमा लोकतान्त्रिक र वाम गठबन्धनबीचको विवादले बिहान ढिलो गरी मतदान सुरु भएको थियो। अहिले त्यहाँ पनि सामान्य किसिमले मतदान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।