खलंगा– दार्चुला सदरमुकाम खलंगामा भेटिएको दुई वटा बम नेपाली सेनाले निस्क्रिय पारेको छ।
मतदान प्रक्रियामा अवरोध पुर्याउने उद्देश्यले अज्ञात समूहले बिहानै खलंगाका दुई स्थानमा बम राखेको पाइएको प्रमुख जिल्ला अधिकारी जनार्द्धन गौतमले जानकारी दिए।
मतदानलाई ध्यानमा राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको गौतमले बताए। जिल्लाका २९ मतदान केन्द्रलाई अतिसंवेदनशील र २५ मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ।
दिउँसो १ बजेसम्म दार्चुलामा ३५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।