मुस्ताङ- पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मुस्ताङमा मध्याह्न १२ बजेसम्म ५५ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका अधिकृत सीताराम लामिछानेका अनुसार १२ बजेसम्म ५५ प्रतिशत मत खसेको हो। उच्च हिमाली जिल्ला मुस्ताङको मौसमी अवस्थासमेत अनुकूल रहेकाले मतदाताहरुले सहजै मतदान गर्न पाए।
शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रिया अघि बढिरहेको मुस्ताङमा ७० प्रतिशतसम्म मतदान हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि एउटा मात्र क्षेत्र रहेको यस जिल्लामा वाम गठबन्धनका प्रेमप्रसाद तुलाचन र कांग्रेसबाट रोमी गौचन थकाली चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।