रसुवा- रसुवामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बिहान ११:३० सम्म २० प्रतिशत मतदान भएको छ।
अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।
प्रमुख जिल्ला अधिकारी चोपेन्द्र न्यौपानेका अनुसार, सुरक्षा स्थिति अत्यन्तै बलियो भएका कारण भयरहित वातावरणमा मतदाताले मतदान गरिरहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।