सिन्धुपाल्चोक- जिल्लाको पाँचपोखरी गाउँपालिकास्थित लागर्चे मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन सकेको छैन।
लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच हिजो भएको झडपको विषयलाई लिएर विवाद बढेपछि मतदान प्रक्रिया अवरुद्ध बनेको हो। झडपका क्राममा लोकतान्त्रिक गठबन्धन समर्थक हरिशरण थापा र सुभाष खड्का घाइते भएका छन्।
उनीहरुलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ।
विवाद समाधान गरी मतदान प्रक्रियालाई अगाडि बढाउने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।