भोजपुर- आइतबार हुने निर्वाचनका लागि भोजपुरका सात मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको छ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान अधिकृतमा सात महिला नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भोजपुरमा एक लाख १३ हजार ७४५ मतदाता छन्।
८७ मतदानस्थल र १४८ मतदान केन्द्र रहेको भोजपुरमा रामप्रसाद राई गाउँपालिकाको बेहेरेश्वर केन्द्रमा सीता राई, भुल्के केन्द्रमा यमकुमारी राईलाई खटाइएको छ भने हतुवागढी गाउँपालिकाको शान्ति निकेतन केन्द्रको जिम्मा गीता ढकाललाई दिइएको छ।
यस्तै, साल्पासिलिछो गाउँपालिकाको सालेवा केन्द्रमा रोजु भुजेल तथा षडानन्द नगरपालिकाको केन्द्रमा पुष्पलता उप्रेती, सरस्वती पौडेल र मीना खत्रीलाई जिम्मेवारी दिइएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।