काठमाडौं– निर्वाचन आचारसंहिता विपरित त्रिभुवन विश्वविद्यालयका आंगिक कलेजमा आंशिक शिक्षकलाई दरबन्दीमा राख्ने सरकारको निर्णयमा निर्वाचन आयोगले रोक लगाएको छ।
निर्वाचनको संघारमा आचारसंहिताको ठाडो उल्लंघन गर्दै आंशिक प्राध्यापकलाई करारमा नियुक्तिका लागि दरबन्दी थप्ने सरकारले मागेको सहमति निर्वाचन आयोगले अस्वीकार गरेको हो।
शिक्षा मन्त्रालयले अध्ययन प्रतिवेदनका आधारमा दरबन्दी प्रस्तावको प्रक्रिया अघि बढाउन खोजे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रिया नपुर्याइ दरबन्दी थप्ने निर्णय गरेका थिए।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको आज बसेको बैठकले त्रिविमा कार्यरत आंशिक प्राध्यापकलाई करारमा नियुक्तिको लागि १ हजार ४ सय २० दरबन्दी थप गर्न मागेको सहमतिमा रोक लगाउने निर्णय गरेको हो।
आचारसंहिता लागु भइसकेको अवस्थामा सो प्रस्तावमा असहमति जनाइएको निर्वाचन आयोगका सहसचिव नवराज ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।