काठमाडौं– आइतबार हुने निर्वाचनका लागि सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएको गृह मन्त्रालयले जनाएको छ।
आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहसचिव मोहनकृष्ण सापकोटाले स्वतन्त्र, निष्पक्ष र भयरहित तरिकाले निर्वाचन गर्ने व्यवस्था मिलाएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन्।
सापकोटाले जुनसुकै मतदान स्थलमा आवश्यक सुरक्षाका लागि १० देखि ३० मिनेटभित्र प्रहरी पुग्ने जानकारी दिए। साथै, हवाइ र स्थल गस्ती समेत हुने उनले बताए।
निर्वाचनका लागि ६४ हजार सेना र ६८ हजार ८ सय प्रहरी र ४२ हजार ८ सय सशस्त्र प्रहरी खटिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। त्यस्तै, ९८ हजार १ सय ७६ म्यादी प्रहरी पनि खटिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।