काठमाडौं (एजेन्सी)– अटोमोबाइलको विश्व चर्चित ब्रान्ड डुकाटीले सन् २०२१ सम्ममा पर्यावरणमैत्री बाइकको सिरिज लञ्च गर्ने भएको छ। हालसम्म डिजेल र पेट्रोलबाट चल्ने बाइक उत्पादन गरेको डुकाटीले चार वर्षभित्र विद्युतीय बाइक र स्कुटर बजारमा उतार्ने घोषणा गरेको हो।
डुकाटीको बाइकहरू विश्व बजारमा निकै चर्चित छन्। यसको उत्कृष्ट मोडल र ग्यारेन्टीको विषयमा थाहा नपाउने सायदै कोही बाइक–प्रेमी होलान्। अरु अटोमेकरहरू डिजेल र पेट्रोलको परनिर्भरता घटनाउने अभियानमा रहेका बेला डुकाटीले पनि नयाँ घोषणा गरेको हो।
डुकाटीको पूर्वी युरोपका कार्यकारी निर्देशक एडवर्ड लेथेले फ्रान्सको अटोमोबाइल वेबसाइट ‘मोटो स्टेसन’मा यसको पुष्टि गर्दै भनेका छन्, ‘कम्पनीले दुई पांग्रे वाहानलाई विद्युतीयमा ढाल्ने अभियान सुरु गरेको छ। २०२१ सम्म यो मोडल डुकाटीसँग जोडिसक्नेछ। वाहान ‘युरो भी’ एमिसन नर्म्सको हुनेछ। जसलाई सन् २०२० मा लागू गरिनेछ।’
एडवर्डले डुकाटीले स्कुटर लञ्च गर्दा कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूले जान्न चाहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।