खजुरा- मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा थप सुरक्षा बल उपलब्ध गराइने भएको छ।
जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको हो। बाँकेका १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए।
प्रहरीका अनुसार मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुनेछ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरक-फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन्।
संवेदनशील मानिएका जिल्लाका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्नेगरी सुरक्षा तयारी पूरा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।