काठमाडौं–प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन आईतबार उच्च पहाडी सहित हिमाली क्षेत्रका ३२ जिल्लामा हुदैछ। पहिलो चरणमा प्रतिनिधि सभाका ३७ र प्रदेश सभाको ७४ निर्वाचन क्षेत्र समावेश छन्। प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले यसपटक तीनवटा मतपत्र बनाएको छ। प्रत्यक्षतर्फको प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था गरिएको छ। यस्तै प्रदेश र प्रतिनिधि सभाको समानुपातिकतर्फ भने एउटै मतपत्र रहनेछ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तयारी गरिएको मतपत्रमा रहने निर्वाचन चिन्ह र अन्य विवरण हरियो रङमा छापिएको हुनेछ।
तस्विर एक नम्बर

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचनको लागि मतपत्रमा रहने निर्वाचन चिन्ह र अन्य विवरण कालो रङमा छापिनेछ।
तस्विर २

त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको मतपत्र भने एउटै रहनेछ। जसमा माथिल्लो भाग प्रतिनिधि सभा र तल्लो भाग प्रदेश सभाको लागि छुट्याईएको छ। यसमा रहने निर्वाचन चिन्ह र अन्य विवरण रातो रङमा छापिनेछ।
तस्विर ३

त्यसपछि मतदाताले मतपत्र लिएर मतसङ्केत गर्ने गोप्य स्थानमा गएर कुनै एक उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठाभित्र स्वस्तिक चिन्हले मत दिनुपर्नेछ। यसपछि हरियो रङको स्टिकर टाँसिएको मतपेटिकामा खसाल्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।