काठमाडौं- आचारसंहिता उल्लंघन गरी पार्टीको पक्षमा मत मागेको भन्दै उपप्रधान एवं ऊर्जामन्त्री कमल थापासँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।
निर्वाचन आचारंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेको भन्दै निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले थापालाई २४ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो। उनी राप्रपाका अध्यक्ष तथा मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।
पहिलो चरणको निर्वाचनका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको उल्लेख गर्दै आयोगले आचारसंहिता विपरीत सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले आफ्नो पार्टीको पक्षमा मत मागेको जनाएको छ। थापाले आज बिहान ७:२६ बजे ट्विट गर्दै राप्रपाको चुनाव चिह्नमा मतदान गर्न आह्वान गरेका थिए।
यस्तो छ स्पष्टीकरणपत्र-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।