साेल- दक्षिण कोरियाको विजङ्बुमा सार्वजनिक स्थलमा सुर्ती मिचिरहेको अवस्थामा एक नेपाली पक्राउ परेका छन्। सार्वजनिक स्थलमा सुर्ती मिचिरहेका विराटनगरका राजीव यादव (नाम परिवर्तन)लाई प्रहरीले पक्राउ गरेको हो।
सार्वजनिक स्थलमा सुर्ती मिचिरहेको 'सिसीटिभी फुटेज'का आधारमा 'ड्रग्स युजर' भएको आशंकामा यादवलाई प्रहरीले पछ्याएको थियाे। प्रहरीले पक्राउपछि यादवलाई अस्पतालमा चेकजाँच गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो।
लामो समयको सोधपुछपछि सुर्ती सेवन नगर्ने सर्तमा प्रहरीले छोडेको यादवका सहकर्मीहरुले बताएका छन्।
कोरियामा सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्रीवितरण गर्न प्रतिबन्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।