रसुवा– रसुवाको कालिका गाउँपालिका १ स्थित राम्चेलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।
राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेपछि सुरक्षालाई ध्यान दिँदै सभा जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार मध्याह्न १२ बजेदेखि राति १० बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भने, ‘दुवै गठबन्धनले एकै समयमा कार्यक्रम गर्न लागेकाले राम्चे खर्क, त्रिशुली नदी किनार मूलखर्क र कालिका गाउँपालिका २ को स्याउबारी क्षेत्रलाई चार किल्ला बनाई निषेधित क्षेत्र घोषणा गरेका छौं।’
सभाको स्थान परिवर्तन गर्न दुवै गठबन्धनसँग समन्वय गर्दा पनि अस्वीकार गरेपछि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।