हरारे, जिम्बावे- जिम्बावेको सत्ताधारी दल जिम्बावे अफ्रिकन नेशनल युनियन (जानु) पिएफले बुधबार राजीनामा दिएका राष्ट्रपति रोबर्ट मुगावेलाई लामो समयसम्म अफ्रिकी जनताको पक्षमा रहेर सेवा पुर्याएकोमा उच्च प्रशंसा गरेको छ।
जानु–पिएफका प्रवक्ता सिमन खाया मोयोले हेराल्ड पत्रिकालाई दिएको अन्तर्वार्तामा जिम्बावे प्रधानमन्त्री तथा राष्ट्रपतिका रूपमा कार्यरत रहँदा यहाँका जनताको स्वतन्त्रताका लागि पुर्यायाएको योगदान अविस्मरणीय रहेको बताए।
'अब उहाँले विश्राम लिनुपर्छ। मलाई लाग्छ हरेक जिम्बावेलीले प्रतिपक्षीले मुगावेलाई सत्ताबाट हटाउन गरेको अभियानमा साथ दिनेछन्,' उनले भने।
रोबर्ट मुगाबेले जिम्बावेमा ३७ वर्ष शासन गरेका थिए। तीव्र दबाबपछि बुधबार उनले जिम्मेवारीबाट हट्दै राजीनामा दिएका हुन्।
अल्पसंख्यक श्वेतहरुको शासनविरुद्धको स्वतन्त्रता युद्धमा जित हात पारेपछि उनलाई देशविदेशमा नायकको सम्मान मिलेको थियो। तर उनले सुरुमा गरेका मेलमिलापका आह्वानले देशको राजनीतिक वातावरण बिग्रिनबाट रोक्न सकेन।
पूर्वशिक्षक रहेका मुगाबेको कार्यकालको एउटा सबैभन्दा ठूलो सफलता भनेको देशले शिक्षामा हासिल गरेको उपलब्धिलाई लिने गरिन्छ। जिम्बाब्वेको साक्षरता दर अफ्रिकाकै बढीमध्ये एक हो र त्यहाँका ८९ प्रतिशत जनसंख्या साक्षर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।