सोल, दक्षिण कोरिया- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा पुन: राखेकोमा उत्तर कोरियाले प्रतिक्रिया दिँदै यसलाई गम्भीर उत्तेजना फैलाउने अभिव्यक्ति भनेको छ।
उत्तर कोरियाले अमेरिकाद्वारा भएका यसखालका प्योङयाङविरोधी अभियान नै आफ्नो मुलुकको आणविक कार्यक्रम विकासका लागि आवश्यक रहेको जनाएको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाले अधिकारीहरूलाई उद्धृत गरी भनेको छ, 'प्योङयाङको आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको र अमेरिकाले हामीलाई आतङ्कवादलाई सघाउने मुलुकको सूचीमा राख्नु वा नराख्नुले कुनै अर्थ राख्दैन।'
अमेरिकाको उत्तर कोरियालाई आतङ्कवादी गतिविधि सञ्चालन गर्ने मुलुकको सूचीमा राख्ने निर्णय नै प्योङयाङका लागि आणविक हतियार निर्माण गर्ने बलियो आधार रहेको समेत समाचारमा जनाइएको छ।
कोरियाली विज्ञहरूले आफ्नो मुलुकलाई आतङ्कवादलाई सघाउने भन्दै पुनः कालो सूचीमा राख्ने निर्णयले सीमित व्यवहारिक प्रभाव पार्ने तर यसले आणविक हतियार कार्यक्रमलाई स्थगित गर्न समस्या निम्त्याउने बताएका छन्।रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।