• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिआरआईमा नेपाल : कार्यान्वयनको संयन्त्रै बनेन

64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  १५:०५
1140x725

काठमाडौं- विश्वको ध्यान आफूतिर खिच्नेगरी चीनले अघि बढाएको महत्वाकांक्षी परियोजना 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बिआरआई)को दोस्रो सम्मेलन शनिबार मात्रै बेइजिङमा सकियो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले मुख्य एजेण्डा बनाउँदै अघि सारेको बिआरआईको सम्मेलनमा दर्जनौँ देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले बेइजिङमा पाइला टेके। सम्मेलनमा विश्व नेताहरुको बाक्लो उपस्थिति र भएका दर्जनौं सम्झौताले राष्ट्रपति सीको महत्वकांक्षालाई थप स्वीकार्यता र वैधानिकता दिएको छ।

बिआरआईको सदस्य बनिसकेको नेपालकी राष्ट्रपतिलाई चीनले सम्मेलनमा बोलायो, त्यो पनि राजकीय हैसियतमा। जबकी चीनले नेपालका राष्ट्रपतिलाई यसअघि राजकीय निम्तो दिएर बेइजिङ बोलाएको थिएन।

सम्मेलनको छेको पारेर सन् २०१७ मा बिआरआईमा सहभागी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसपटक राजकीय निम्तोमा बोलाइनुले एक सन्देश दिएको छ–आफ्नो फाइदाका लागि भए पनि बिआरआई परियोजनामा चीनले नेपालको महत्व बुझेको छ र महत्व दिएको पनि छ।

यसको प्रष्ट संकेत दोस्रो सम्मेलनको बेइजिङ घोषणापत्रमा बिआरआईलाई अघि बढाउन नेपालले अघि सारेको 'हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल' (ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क)लाई पनि समावेश गरिनुले दिन्छ।

सम्मेलनपछि जारी ३८ बुदेँ संयुक्त घोषणापत्रमा नेपालमा बिआरआई परियोजनाहरु कार्यन्वयन गर्न अघि सारिएको 'हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल' समावेस गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१८ को चीन भ्रमणका क्रममा 'ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क' स्थापना गर्ने सहमति भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यति हुँदाहुँदै पनि एउटा प्रश्न उब्जिएको छ- के नेपाले बिआरआई परियोजना कार्यन्वयनमा कुनै ठोस पहल गरेको छ?

कार्यान्वयनको संयन्त्रै बनेन
बिआरआई परियोजनामा नेपाल सहभागी भएको २ वर्ष बितिसक्दा पनि त्यससम्बन्धी काममा खासै प्रगति भने भएको छैन। चिनियाँ राष्ट्रपति सीले सन् २०१३ मा अघि सारेको बिआरआई परियोजनामा नेपाल सन् २०१७ को मे १२ मा जाेडिएकाे हाे।

तर, एसियाका ६५ भन्दा बढी देशहरूलाई जोड्ने र विश्वका १ सय ५० देशले सम्झौतासमेत गरिसकेको चीनको यो महत्वाकांक्षी योजना कार्यन्वयनका लागि नेपालले अहिलेसम्म कुनै ठोस संयन्त्र बनाएको छैन। जबकि बिआरआईमा सहभागी दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, श्रीलंका लगायतले परियोजना कार्यन्वयन गर्ने संयन्त्र नै बनाइ सकेका छन्।

बिआरआई परियोजना कार्यान्वयन श्रीलंकामा राष्ट्रपति मातहतमा हुनेछ भने पाकिस्तानले परियोजना कार्यान्वयन गर्ने विभाग नै खडा गरिसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा किन केही भइरहेको छैन् त?

यो प्रश्नको जवाफ पाउन त्यति सजिलो छैन। तर, यसका जानकारहरु भने यो राजनीतिक जसअपजसको कचिङ्गलमा फसेको बताउँछन्।

बिआरआईमा सहभागी हुने सम्झौता तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको थियो। तर, अहिले ओली नेतृत्वमा सरकार छ। बिआरआईबाट नेपालले महत्त्वपूर्ण योजना कार्यान्वयन गर्ने अपेक्षा चीनले गरेको भएतापनि भनिए जस्तो कुनै प्रगति काठमाडौंले गर्न सकेकाे छैन।

परराष्ट्र मामिलाका एक विश्लेषकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड सरकारको पालामा सम्झाैता भएको बिआरआई परियाेजना अघि बढाए त्यसको जस आफूलाई भन्दा प्रचण्डलाई नै जान्छ भन्ने सोचले यसबारे खासै प्रगति हुन नसकेको हो।

नेपालमा बिआरआई परियोजना कार्यन्वनका लागि सोचेजस्तो प्रगति हुन नसकेकोमा चीनका लागी नेपाली राजदूत रहिसकेका डा महेश मास्के पनि सन्तुष्ट छैनन्। उनी बिआरआईको विरोध गरिरहेको भारत पनि त्यसलाई कार्यन्वयन गर्न बनाइएको एसियाली पूर्वाधार विकास बैंकमा सहभागी भएको तर नेपाल पक्ष राष्ट्र भएर पनि परियोजना खासै अघि बढ्न नसेको बताउँछन्।

‘भारतले  बिआरआईको विरोध गर्दै आइरहेको छ,’ डा मास्के भन्छन्, ‘तर पनि उसले बिआरआईकै कार्यान्वयनका लागि चीनले खडा गरेको एसियाली पूर्वाधार विकास बैंकबाट सहुलियत ऋण लिइसकेको छ। पक्ष राष्ट्र भएर पनि नेपालले भने यसलाई कार्यन्वयन गर्न ठोस कुनै संयन्त्र बनाउन सकेन।’

सकारको यस्तो व्यवहारले चीन चिन्तित रहेको र यसमा नेपाल सरकारलाई झकझक्याउन चीनले राष्ट्रपतिलाई राजकीय भ्रमणमा बोलाएर ‘राष्ट्रपतिको कार्ड प्रयोग गरेको’ कतिपय जानकारको विश्लेषण छ।

अहिलेसम्म के–के काम भए?
नेपाललले बिआरआईमा सहभागी भएपछि यसको कार्यन्वयनका लागि प्रारम्भिक काम मात्रै गरेको छ।

बिआरआईमा सहभागी हुने चीनसँग द्विपक्षीय सहमति गरेपछि नेपालले यसअन्तर्गत कार्यन्वयन गर्ने परियोजना पहिचान तथा छनाेट गर्न २ समिति बनाएको थियो। परराष्ट्र र अर्थ सचिवको नेतृत्वमा बनेका २ समितिले बिआरआईअन्तर्गत कार्यन्वयन गर्नका लागि चिनियाँ पक्षसँग वार्ता गर्न ३५ परियोजना सिफारिस गरे।

चीनियाँ पक्षलाई सहमतिका लागि नेपालले दिएका ३५ परियोजना करिब एक करोड अमेरिकी डलर बराबरका थिए। नेपालले दिएका परियोजना अध्ययन गरेपछि चीनले यसलाई घटाउन आग्रह गर्‍यो। दोहोरो अंकबाट घटाएर त्यसलाई एक अंकमा झार्न चीनले सुझायो। चीनकै सुझावअनुसार नेपालले ३५ परियोजनाबाट घटाएर ८ वटामा पुर्‍यायो।

नेपालले अहिले मुख्यगरी ३ सडक, जलविद्युत र रेललाई प्राथमिकतामा राखेर ८ वटा परियोजना चीनलाई बुझाएको छ।

बिआरआईअन्तर्गत नेपालले कार्यन्वयन गर्न चाहेका परियोजनाहरु:

रसुवागढी–काठमाडौं सडकखण्डको स्तरउन्नति

किमाथाङ्का– हिले सडकखण्ड निर्माण

दिपायलदेखि चीनको दक्षिणी भेगतर्फको सीमा सुधार

टोखा–विदुर सडक निर्माण तथा स्तरउन्नति

गल्छी–ससुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन निर्माण

केरुङ–काठमाडौं रेल निर्माण

तमोर जलविद्युत आयोजना निर्माण (७६२ मेगावाट)

फुकोट-कर्णाली जलविद्युत आयोजना (४२६ मेगावाट)

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तराईदेखि हिमालसम्म: यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य बुधबार, कात्तिक ४, २०८३
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्