चितवन- मंगलबार निधन भएका जनवादी गायक एवं माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खुसीराम पाख्रिनको बुधबार अन्त्येष्टि गरिएको छ।
पाख्रिनको चितवनस्थित ज्ञानेश्वर सामुदायिक वनमा तामाङ संस्कार अनुसार अन्त्येष्टि गरिएको हो।
वाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा गीत गाउने क्रममा पाख्रिनलाई हृदयाघात भएको थियो। लगत्तै उनलाई भरतपुरको नारायणी सामुदायिक अस्पताल पुर्याइए पनि चिकित्सकहरुको मृत्युको घोषणा गरेका थिए।
अन्त्येष्टि अगाडि पाख्रिनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरमा राखिएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता रामबहादुर थापा बादल, अमिक शेरचन, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु पार्टी कार्यालय पुगेर पाख्रिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रनिश थापाको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।