• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आफैंले निर्धारण गरेकाे चिया मजदुरकाे न्यूनतम ज्यालादर कार्यान्वयन गर्न सरकार असफल

ज्याला बढाउन नसक्ने व्यवसायीकाे अडान, मन्त्रालय भन्छ : छलफल हुँदैछ
64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  ०९:३७
1140x725

काठमाडौं- चिया बगान तथा उद्योगका मजदुरहरु पछिल्लो केही समय यता आन्दोलित छन्। सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक आफूहरुले नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका हुन्।

मजदुरहरुको न्यूनतम ज्यालादर सरकारले निर्धारण गरी कार्यान्वयन गर्न नसक्दा चिया उद्योग तथा बगानमा कार्यरत श्रमिकहरुको आन्दोलनले चर्को रुप लिन थालेको छ। यसबेला झापा बिर्तामोडदेखि इलामसम्म सबै चिया उद्योग तथा प्रतिष्ठानहरु ठप्प छन्।

जसबाट चिया उत्पादन, प्रशोधन तथा बिक्री वितरणमा समस्या सिर्जना भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ।

चिया मजदुरको आन्दोलनकाे प्रस्थान बिन्दु?
०७४ सालको श्रम ऐन संशाेधन भएसँगै श्रमिकहरुको न्यूनतम ज्याला निर्धारणका लागि नयाँ मापदण्ड तय गरियो।

न्यूनतम ज्याला निर्धारण समितिले सरकारलाई चिया बगान तथा चिया प्रतिष्ठानहरुमा कार्यरत श्रमिकहरुको नयाँ न्यूनतम ज्यालासहित प्रतिवेदन पेस गरेकाे थियाे।

समितिको प्रतिवेदन अध्ययन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिया बगान तथा उद्योगहरुमा कार्यरत श्रमिकहरुको मासिक न्यूनतम ज्याला १० हजार ४ सय ५० रुपैयाँ लागू हुने गरी गत साउन १ गते राजपत्रमा सूचना प्रकाशित गर्‍याे।

सो ज्याला ०७५ फागुन १ गतेदेखि कार्यान्वयनमा आउने भनिएको थियो तर हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन।

आफूहरुको नयाँ ज्यालादर कायम भई राजपत्रमै प्रकाशित भएको महिनौँ बितिसक्दा पनि पुरानै ज्यालादरमा काम गर्न बाध्य श्रमिकहरुले नयाँ मापदण्डअनुसार ज्याला पाउनुपर्ने माग राख्दै आन्दाेलनमा उत्रिएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार झापा, इलाम र धनकुटाका ५० हजार बढी किसानहरु अहिले आन्दोलनमा छन्। चिया मजदुरहरुको आन्दोलनसँगै चिया उद्योग तथा प्रतिष्ठानहरु ठप्प छन्। जसबाट चिया उत्पादन, प्रशोधन र बिक्री वितरण प्रभावित बनेकाे छ।

बोर्डका निर्देशक दिपक खनाल भन्छन्, ‘यो समस्या राष्ट्रकै ठूलो समस्या हो, चिया मजदुरहरुको आन्दोलनले चिया उद्यमी र राष्ट्रलाई नै निकै ठूलो असर परिरहेको छ।’ चिया मजदुरहरुको आन्दोलन चर्किएसँगै समस्याको निराकरणका लागि बोर्डले पहल गरिरहेको निर्देशक खनाल बताउँछन्।

चिया बगान तथा चिया उद्योगमा कार्यरत श्रमिकहरुको ज्याला नयाँ मापदण्डअनुसार दैनिक ३ सय ८५ रुपैयाँ कायम गरिएको छ। यसअघि चिया बगानमा तथा उद्योगमा कार्यरत श्रमिकहरुले प्रतिदिन २ सय ७८ रुपैयाँ ज्याला पाउँदै आएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो छ श्रम ऐनमा प्रावधान
नयाँ श्रम ऐनमा कामदारले काम थालेको दिनबाट नै सञ्चयकोष र उपदान पाउने व्यवस्था छ। यो सुविधा निजी प्रतिष्ठान तथा उद्योगहरुमा कार्यरत श्रमिकहरुले पाउने उल्लेख गरिएको छ। ऐनमा श्रमिकहरुको हकहितका लागि सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने समेत उल्लेख गरिएको छ।

जसको कार्यान्वयनका लागि सरकारले २०७५ मंसीर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना समेत लागू गरिसकेको छ। उक्त योजनामा सम्पूर्ण उद्योग तथा प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई न्यूनतम पारिश्रमिकसहित सामाजिक सुरक्षाको ग्यारेन्टी प्रत्याभूत गरिने उल्लेख छ।

सामाजिक सुरक्षा योजनामा श्रमिकहरुको न्यूनतम पारिश्रमिकबाट ११ प्रतिशत रकम कटाई २० प्रतिशत रकम रोजगारदाताले थप गरी कोषमा ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने स्पष्ट रुपमा व्यवस्था गरिएकाे छ।

सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा, वृद्धवस्था सुरक्षा लगायत सुविधाहरु उल्लेख छन्।

चिया उद्योग तथा बगानमा कार्यरत श्रमिकहरुले सोही अनुसारको सुविधासमेत आफूहरुले पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।

के भन्छन् चिया उद्यमी?
सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक १० हजार ४ सय ५० रुपैयाँ आफूहरुले कुनै पनि हालतमा दिन नसक्ने चिया उद्यमीहरुको भनाइ रहेको बोर्डले जनाएको छ।

श्रमिकहरुको आन्दाेलनसँगै बोर्डका निर्देशक दिपक खनालको संयोजकत्वमा चिया मजदुर विवाद अध्ययन टोली गठन भई अध्ययनका लागि आन्दोलनरत स्थलमा गएको थियो।

चिया उद्यमीहरुले चिया उद्योगमा काम गर्ने श्रमिकहरुलाई सरकारले तोकेको ज्यालादर अनुसार पारिश्रमिक दिने भएपनि चिया बगानमा कार्यरत श्रमिकहरुलाई कुनैपनि हालतमा सो ज्याला उपलब्ध गराउन नसक्ने बताएका छन्। चिया उद्यमी उदय चापागाईंले आफूहरु नै मारमा परेकाे जनाउँदै तत्काल श्रमिककाे ज्याला बढाउन नसक्ने जिकिर गरे। 'हामी आफैं मारमा छाैं, त्यसबाहेक पनि श्रमिकका अन्य सेवा सुविधा बढाउने विषयमा भने हामी सकारात्मक छाैं। तर, तत्कालै ज्याला बढाउन भने असमर्थ छाैं', चापागाईंले भने।

उनले चियालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्नका लागि सरकारले सहयाेग गर्नुपर्ने जनाए।

बोर्डका निर्देशक दिपक खनालले भने श्रमिकहरुकाे माग जायज रहेकाे बताउँछन्। ‘हामीले चिया उद्यमीहरुसँग कुरा गर्‍याैं, चिया मजदुरहरुसँग पनि कुरा गर्‍याैं, चिया मजदुरहरुको कुरा पनि जायज छ, सरकारले तोकेको न्यूनतम पारिश्रमिक किन नपाउनु?’, उनले भने।

चिया उद्यमीहरु भने चिया बगानमा काम गर्ने श्रमिकहरुलाई काम गरेको आधार (टास्क बेस)मा पारिश्रमिक दिइने अडानमा छन्।

श्रमिकहरुले चिया बगानमा बिसादी छर्किने तथा चियाको पत्ति टिप्ने काम गर्छन्। यो काम मौसमअनुसार हुने हुँदा यस्ता श्रमिकहरुलाई दैनिक ३ सय ८५ रुपैयाँको हिसाबमा ज्याला दिन नसक्ने चिया उद्यमीहरुको भनाइ छ।

चिया बगानमा काम गर्ने श्रमिकहरुले अन्य उद्योगजस्तो कठिन काम गर्नु नपर्ने र हरियो चियाको पात टिपेका आधारमा प्रतिकिलो २ रुपैयाँ थप रकम पनि श्रमिकहरुलाई दिइने हुँदा चिया बगानमा काम गर्ने श्रमिकहरुलाई नयाँ मापदण्डअनुसार ज्याला दिन नसकिने उद्यमीहरुको भनाइ छ।

चिया बगानमा वा उद्योगमा काम गर्ने मजदुरहरु स्थायी र अस्थायी वर्गिकरण हुँदै आएकोमा नियमित श्रमिक, मौसमी श्रमिक वा आकस्मिक श्रमिक भनि वर्गीकरण गरिएको छ। बगानमा प्रायः मौसम अनुसार काम हुने हुँदा श्रम ऐनले निर्धारण गरेको पारिश्रमिक चिया बगानमा कार्यरत श्रमिकहरुका लागि उपलब्ध गराउन असम्भव रहेकाे चिया उद्यमी चापागाईंकाे भनाइ छ।

बोर्डका अनुसार पछिल्लो समय उद्यमीहरुले बगानमा कार्यरत श्रमिकहरुलाई दैनिक ३ सय रुपैयाँका दरले मात्रै पारिश्रमिक दिलाउन सक्ने उनीहरुकाे भनाइ छ।

छलफल हुँदैछः मन्त्रालय
चिया बगान तथा उद्योगमा कार्यरत श्रमिकहरुको आन्दोलन चर्किएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सचिव महेश दाहालको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरेको थियो।सो कार्यदलले मन्त्रालयमा फागुनमा प्रतिवेदन बुझाइसकेको जनाएको छ।

प्रतिवेदनमाथि मन्त्रालयमा छलफल भइरहेको श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए। उनले भने, ‘हाम्रो उच्चस्तरीय कार्यदलले श्रमिकहरुका सम्बन्धमा छलफल गरिरहेको छ। श्रमिकहरुले न्यूनतम पारिश्रमिक पाउनै पर्छ सोहीअनुसार श्रम मन्त्रालयको कार्यदलले काम गरिरहेको छ।’

श्रम मन्त्रालयसँगै चिया मजदुर सम्बन्धमा कृषि तथा अर्थ मन्त्रालयको समेत भूमिका रहने हुँदा सबै मन्त्रालयका उच्च अधिकारीबीच यो समस्या समाधानका सम्बन्धमा छलफल भइरहेको सहसचिव घिमिरेको भनाइ छ।

यस्तो छ नेपालमा चिया उद्याेगको अवस्था
नेपालमा हरेक वर्ष २ करोड ४५ लाख किलाेग्राम भन्दा बढी चिया उत्पादन हुने गरेको छ। उत्पादन भएको चिया हरेक वर्ष विश्वका विभिन्न मुलुकमा १० हजार देखि १५ हजार मेट्रिक टनसम्म निर्यात हुने गरेको छ। वार्षिक ३ अर्ब रुपैयाँ बराबरकाे चिया नेपालले निर्यात गर्दै आइरहेको छ।

चिया उद्योग तथा बगानमा अनुमानित ६० हजार बढी श्रमिकहरु कार्यरत रहेको विभिन्न अध्ययनले देखाएको छ।

चिया बगान तथा उद्योगमा काम गर्ने श्रमिकहरुको संख्या मौसमअनुसार हेरफेर भइरहने हुँदा यति नै श्रमिकहरु चिया क्षेत्रमा कार्यरत छन् भन्ने यकिन तथ्यांक भने सरकारले राख्न सकेको छैन।

देशको अर्थतन्त्रमा निकै महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको चिया क्षेत्रमा उद्यमी र मजदुरबीचको असमझदारीलाई सुल्झाउन सरकाले सक्दो पहल गर्नुपर्ने जानकारहरु बताउँछन्। सरकारले समयमा ध्यान पुर्‍याउन नसके श्रमिकहरुको आन्दोलनले चर्को रुप लिने र चिया उत्पादन क्षेत्रमा मात्र नभई देशको अर्थतन्त्रमा समेत ठूलो क्षति पुग्ने उनीहरुको भनाइ छ।

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्