चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहट बमकाण्डमा परी घाइते भएका पीडितहरुलाई भेटेका छन्।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका पीडितहरुलाई भेटी उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
गत मंसिर २ गते रौतहटको चन्द्रपुरमा वाम गठबन्धनले गरेको चुनावीसभामा सहभागी भएका बेला बम पड्किँदा घाइते भएकामध्ये ६ वर्षीय बालक जैविक राईसहित आमा सरिताको चितवनमा उपचार भइरहेको छ।
अज्ञात समूहले बम विस्फोट गराउँदा त्यहाँ ८ जना घाइते भएका थिए।
यसअघि मंगलबार साँझ मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।