काठमाडौं- सरकारले ग्रामीण सडक सञ्जाल बनाउन एसियाली विकास बैंकले दिने सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले एडिबीले सहायतास्वरुप उपलब्ध गराउने १ सय ५० मिलियन अमेरिकी डलर सहयोग लिने निर्णय गरेको हो। दुई साताअघि सरकारले अनुदान स्वीकार गर्ने/नगर्ने विषयमा समिति गठन गरेको थियो। सोही समितिको सुझावअनुसार सरकारले निर्णय गरेको हो।
परियोजना अन्तर्गत १६ जिल्लाका ग्रामीण क्षेत्रमा ३ सय ८२ किलोमिटर सडक निर्माण हुनेछ।
बैठकले सुरेश प्रधान र रमेश सिंहलाई सचिवमा बढुवा गर्ने लगायतका विभिन्न निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।