काठमाडौं– चालू आर्थिक वर्ष २०७५/०७६ को कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा होटल तथारेस्टुराँको योगदान २ दशमलब ०५ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरको आर्थिक वर्ष २०७५/०७६ को राष्ट्रिय लेखा तथ्यांकमा उल्लेख छ। होटल तथारेस्टुराँ क्षेत्रको कुल मूल्य अभिवृद्धि (जिभिएन) अघिल्लो आव २०७४/०७५को तुलनामा चालू आव २०७५/०७६ मा ८ दशमलब ३३ प्रतिशतले वृद्धि हुने विभागको अनुमान छ।
यसैगरी यातायात, सञ्चार तथा भन्डारको क्षेत्रको योगदान पनि ७ दशमलब २३ प्रतिशत, वित्तिय मध्यस्थताको क्षेत्रको योगदान पनि ६ दशमबल ३२ ले कुल ग्राहस्ठ उत्पादनमा सहयोग गर्ने विभागको प्रक्षेपण रहेको छ।
यस्तैगरी चालू आवको कुल ग्राहस्ठ उत्पादनमा स्वास्थ्य क्षेत्रको योगदान १ दशमलब ७५ प्रतिशत रहने अनुमानसँगै अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवातर्फबाट भने ४ दशमलब ७८ प्रतिशत योगदान रहने विभागको अनुमान छ।
साथै चालू आवको जिडिपीमा शिक्षा क्षेत्रको ७ दशमलब ०६ प्रतिशत,सामाजिक प्रशासन तथा रक्षा क्षेत्रको योगदान २ दशमलब ७१, रियल स्टेट,रेन्टिग तथा व्यावसायिक सेवा क्षेत्रको ११ दशमलब ५३ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रको १४ दशमलब ३७, निर्माण क्षेत्रको ७ दशमलब ७७, विद्युत, ग्यास तथा पानीको क्षेत्रबाट १ दशमलब २५, उद्योगको ५ दशमलब ५९, खानी तथा उत्खनन्को योगदान ० दशमलब ६०, मत्स्यपालनको ० दशमलब ४८ र कृषि तथा वन क्षेत्रको योगदान २६ दशमलब ५० प्रतिशत रहने विभागको अनुमान छ।
समग्रमा चालू आवको कुल ग्राहस्ठ उत्पादनमा प्राथकिक क्षेत्रको योगदान २७ दशमलब ५९ प्रतिशत योगदान रहने विभागको प्रक्षेपण छ। यो क्षेत्रमा कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्र पर्दछ।
यसैगरी द्धितीय क्षेत्रको योगदान १४ दशमलब ६० प्रतिशत रहने विभागको अनुमान छ। यो क्षेत्र अन्तर्गत निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानी पर्दछ।
यसैगरी, सेवा क्षेत्रको योगदान ५७ दशमलब ८१ प्रतिशत रहने विभागको अनुमान छ। यो क्षेत्र अन्तर्गत थोक तथाखुद्रा व्यापार, होटल तथारेस्टुराँ, यातायात तथा सञ्चार तथा भन्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायीक सेवा, सार्वजनिक प्रशासन, तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।