काठमाडौं– केन्द्रीय तथ्यांक विभागले आगामी पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरेको छ।
साथै विभागले ३ आर्थिक वर्षसम्म आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहेको र यस वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो। आर्थिक वर्ष २०७४/०७५ मा आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको थियो भने चालू आव २०७५/०७६ मा ६ दशमलव ८१ पुग्ने विभागको अनुमान हो।
तर, सरकारको लक्ष्य भने चालू आवमा आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत पुर्याउने थियो।
साथै विभागका अनुसार प्रतिव्यक्ति आय चालू आवमा एक हजार ३४ डलर पुग्ने जनाएको छ।
साथै कुल ग्राह्स्थ उत्पादन जिडिपीमा रेमिटेन्सको सहयोग अनुपात २६ प्रतिशत रहने अनुमान गरेको छ।
साथै, विभागले अर्थतन्त्रको आकार आधार मूल्यमा २९ खर्ब २१ अर्ब रूपैयाँको हुने प्रक्षेपण गरेको छ। विभागले सार्वजनिक गरेको प्रक्षेपण यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषको भन्दा केही धेरै हो। कोषले ६.५ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो।
चालू वर्षमा कृषि क्षेत्रमा ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत विभागको अनुमान छ।
यसैगरी चालू आवको कुल ग्राह्स्थ उत्पादनमा कृषि क्षेत्रले २६ दशमलब ९८ प्रतिशत र गैरकृषि क्षेत्रले ७३ दशमलब ०२ प्रतिशत योगदान रहने विभागको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।