काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
चुनावीसभामा निधिविरुद्ध आक्रामक देखिएका महतोले अस्पताल भर्ना भएको खबर पाएपछि सामाजिक सञ्जाल फोसबुकमार्फत उनले निधिको स्वास्थ्य लाभको कामना गरेका हुन्।नेपाल लाइभसँगको अन्तर्वार्तामा महतोले निधिलाई 'मधेसको निम्ति क्यान्सर' भएको आरोप लगाएका थिए।
छातीमा समस्या देखिएपछि कांग्रेसका नेता निधि सोमबार साँझ काठमाडौंको ओम अस्पताल भर्ना भएका छन्।
मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं ३ बाट राजपा अध्यक्ष मण्डलका नेता महतो र कांग्रेसका प्रभावशाली नेता निधिबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।