काठमाडौं– सोमबार दिउँसो बरामद भएको तीन किलो सुन तस्करीको आरोपमा प्रहरीले सुन पसलेलाई पनि पक्राउ गरेको छ । न्यूरोडस्थित मनकामना ज्वेलर्सका संचालक सुदम शाक्यलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले सोही पसलका कर्मचारीद्वय मोहन महर्जन र आयुष बज्राचार्यलाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा सुन पसले पनि पक्राउ परेका हुन् । बरामद सुन तस्करीकै भएको प्रष्ट भएको छ।
मोटरसाइकलमा पसलमा लिएर जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । कमलपोखरीमा एक तिब्बती नगरिकले सो सुन उनीहरुलाई दिएका थिए । ती तिब्बती भने फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।