बाग्लुङ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा वामपन्थीहरुले लोकतन्त्रको सम्मान गर्न कहिल्यै नसक्ने बताएका छन्।
कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को चुनावी सभालाई गलकोटमा सम्बोधन गर्दै नेता पौडेलले कम्युनिस्टहरुले लोकतन्त्रलाई सम्मान गर्न नसकेका कारण देश जोखिममा परेको बताए।
पौडेलले कांग्रेस देशका डाँडा–पाखामा समृद्धिको दियो बाल्ने उद्देश्ले अघि बढे पनि वामपन्थीहरु भने सत्तामोहमा फसेको आरोप लगाए। उनले अब कांग्रेस विकासको नयाँ नीति अवलम्बन गरेर अगाडि बढ्ने उल्लेख गरे।
बाग्लुङ २ बाट कांग्रेसका उम्मेदवार निरज पुन, मञ्जेश बम मल्ल र जित शेरचनलाई भोट माग्दै नेता पौडेलले हरेक समुदायको विकासका निम्ति नेपाली काँग्रेसलाई जिताउन आवश्यक रहेको बताए।
नारायण रिजालको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।