साेल- कोरियाको फारानमा कार्यरत एक नेपालीले मंगलबार राति झुण्डिएर आत्महत्या गरेका छन्। आत्महत्या गर्ने व्यक्ति नेपाल नवलपूर स्थाई घर भएका मौसम शर्मा पौडेल रहेको साेलस्थित नेपाली दूतावासले जनाएको छ।
इपियसमार्फत कोरिया आएका पौडेल पहिलो अवधि ४ वर्ष १० महिना पूरा हुनै लाग्दा घर फर्किने तयारीमा रहेको बुझिएको छ।
उनीसँगै काम गर्ने सहकर्मीहरुले भने, 'सँगै सुतेका पौडेल राति बाहिर निस्किएर अबेरसम्म फर्किएनन्, खोज्दा कतै नभेटिएपछि प्रहरीलाई खबर गरियो, प्रहरीले रुखमा झुण्डिएको अवस्थामा नजिकैको जंगलमा फेला पारेकाे थियाे।'
प्रक्रिया पुर्याएर शव नेपाल पठाउने तयारी गरिएको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।