ललितपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चुनाव प्रचारप्रसार संयोजक बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गरिनुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्रेस चुनाव प्रचारप्रसार चापागाउँ उपकेन्द्रद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पुर्याउने र नेकाको नेतृत्वमा नै अगामी नयाँ सरकार निर्माण हुने दाबी गरे।
संविधानको कार्यान्वन गर्न अगामी सरकारको नेतृत्व पनि आफ्नो पार्टीले गर्न आवश्यक रहेको भन्दै उनले वाम गठबन्धनले देशमा अस्थिरता चाहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।