डडेल्धुरा- नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका समानुपातिक उम्मेदवार जगत पार्की कांग्रेस प्रवेश गरेका छन्।
आइतबार कांग्रेसले आलिताल गाउँपालिकाका ४ घरेलुमा आयोजना गरेको चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्कीलाई कांग्रेसमा स्वागत गरेका हुन्।
देउवाले कांग्रेसको सदस्यता दिँदै टीका लगाइदिए। पार्की यसअघिको स्थानीय तहको निर्वाचनमा आलिताल गाउँपालिकाबाट अध्यक्ष पदमा चुनाव लडेका थिए। उनी कांग्रेस उम्मेदवार बलबहादुर गुरुङसँग पराजित भएका थिए। पार्कीसँगै माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य जनकराज कलौनी र लक्ष्मी उप्रेती लगायत कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।
कम्युस्टिहरुले सपना मात्रै बाँड्ने हुनाले माओवादी पार्टी परित्याग गरेको पार्कीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।