ललितपुर- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई एक समवेदना सन्देश दिंदै निधनप्रति शोक प्रकट गरेका हुन्।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पार्टी सभापति देउवाले प्रकाश दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ।'
कांग्रेसले पनि दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।