काठमाडौं- पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।
सरकारले प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए।
सचिव बरालले चाँडै सात वटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने बताए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानुनी व्यवस्था छ।
प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएकाले सरकार निर्वाचन अगाडि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा छ।
नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था छ। प्रदेश प्रमुख राजनीतिक रुपमा नियुक्त गर्ने व्यवस्था कानुनमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।