हरारे- जिम्बावेका प्रभावशाली पूर्व सैनिकहरूको संस्थाले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध सडक प्रदर्शनमा उत्रिन आह्वान गरेको छ।
क्रिस्टोफर मुत्सभाङगाले हरारेमा मुगाबेविरुद्ध शनिबार सडक प्रदर्शन गर्ने तयारी भएकाले सहभागी हुन आह्वान गरे। उनले पत्रकार सम्मेलनमा भने, 'मुगाबे र उनकी श्रीमती ग्रेसको राजनीतिक खेल अब बाँकी रहनेछैन।'
सैनिक अधिकारीहरुले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरेको र अब यो अभियान सकिएको उनले बताए। 'हामीले हाम्रो पुरानो गौरव भोलि पनि फर्काउन चाहन्छौं, जब सेनाले सुरु गरेको छ, हाम्रो काम सकिएको छ,' उनले भने।
मुगाबेका बारेमा अब पछि फर्केर केही गर्नु नपर्ने उनको भनाइ छ।
सेनाले शासन हातमा लिएपछि मुगाबे पहिलो पटक शुक्रबार विश्वविद्यालयको दीक्षान्त समारोहमा देखिए।
लामो समय सत्तामा रहेका राष्ट्रपति मुगाबे बुधबार बिहानदेखि सेनाको नियन्त्रणमा छन्। उनले भने आफूले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्। मुगाबेको ३७ वर्ष लामो शासन अन्त्य भएको दावी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।