इश्लामावाद, पाकिस्तान- पाकिस्तानी सुरक्षा कारबाहीमा दक्षिणपश्चिमी बालोचिस्तान प्रान्तमा बालोक लिवरेसन फ्रन्ट (बिएलएफ) समूहका एक उच्च कमाण्डरको मृत्यु भएको छ।
बालोचिस्तानमा एक हप्तापहिले १५ जना श्रमिकको हत्यामा संलग्न रहेको भनिएका बिएलएफको उच्च कमाण्डर यूनास ताउकाली प्रान्तको बुलाडा क्षेत्रमा सुरक्षा कारबाहीका क्रममा मारिएका सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ।
ताउकालीको सेनासँगको दोहोरो भिडन्तका क्रममा मृत्यु भएको सेनाले जनाएको छ।
बिएलएफलाई बालोचिस्तानमा सुरक्षाकर्मी, राजनीतिक नेता तथा सञ्चारकर्मीमाथि गरिएका आक्रमण गर्ने सक्रिय प्रतिबन्धित समूह हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।