काठमाडौं– निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ। पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन आयोगले आग्रह गरेको हो।
मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन व्यवस्थापनमा खटिने भएकाले मतदानका दिन सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थानमा बिदा दिन आयोगले गृह मन्त्रालयसँग आग्रह गरेको छ।
त्यस्तै, आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ सम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक विदा दिन आयोगले माग गरेको छ।
निर्वाचनको व्यवस्थापनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने दिन भन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसमा दुबै चरणको निर्वाचनमा चार÷चार दिन विदा दिन आयोगको आग्रह छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।