ललितपुर- नेपाली कांग्रेसले नुवाकोटको ककनी गाउँपालिकामा नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री रामशरण महत र सोही क्षेत्रको प्रदेशसभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरी गरिएको बम विस्फोटको घटनाको निन्दा गरेको छ।
कांग्रेसको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुले यस्तो कार्य गरेको आरोप लगाइएको छ।
चुनावी प्रचारमा हिँडेका बेला नेता महत चढेको गाडीलाई लक्षित गरी शुक्रबार बिहान ककनी गाउँपालिका ५ काउथेथाना नजिकै प्रेसरकुकर बम विस्फोट गरिएको थियो। घटनामा उम्मेदवारहरुसँगै चुनावी प्रचारमा हिँडेका कांग्रेसका ५ कार्यकर्ता घाइते भएका छन्। घाइतेहरुको काठमाडौंमा उपचार भरहेको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बम विस्फोटको घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा कारबाही गर्न र घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।