काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गरेका छन्।
राजधानीमा आयोजित पत्रकार भेटघाटमा एमालेका पूर्व अध्यक्ष खनालले देशमा वामपन्थीको सरकार आवश्यक रहेको र सरकार बन्न कसैले रोक्न नसक्ने बताए।
'चुनावपछि एमाले र माओवादीमध्ये जुन पार्टी ठूलो हुन्छ, त्यसैले सरकारको नेतृत्व गर्छ', उनले भने, 'तर त्यही लागू हुन्छ भन्ने छैन।'
उनले माग भए सरकारको नेतृत्व गर्न आफू पनि तयार रहेको बताए।
खनालले थपे, 'चुनावपछि देश कतै झुक्दैन र कतै ढल्कदैन। सगरमाथा जस्तो अटल रहन्छ।
नेता खनालले लोकतान्त्रिक गठबन्धनको आवरणमा कांग्रेस कतै राजतन्त्र र हिन्दु राष्ट्रतिर जाने त होइन भन्ने आशंका रहेको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।