सिंगापुर (एजेन्सी)– सिंगापुरको रेलवे स्टेशनमा एउटा ट्रेनले अर्को ट्रेनलाई ठक्कर दिँदा २८ व्यक्ति घाइते भएका छन्। सिंगापुरको २४ वर्ष लामो इतिहासमा यस्तो घटना पहिलोपल्ट भएको हो।
सिंगापुरका यातायात मन्त्री ख्वा बुन वानले नयाँ सिग्नल प्रणाली लागू भएपछि देशमा पहिलो ठूलो घटना भएको भन्दै यात्रीहरुसँग माफी मागेका छन्।
उनले भने, ‘यात्रुहरुलाई असुविधा भयो, केही घाइते पनि हुनुभएको छ। यसको लागि म माफी माग्छु।’
सिंगापुरको एमआरटीका अपरेटरले ल्यान्ड ट्रान्सपोर्ट अथोरिटी (एलटिए) सँग मिलेर संयुक्त पत्रकार सम्मलेनको आयोजना गर्दै यसको जानकारी दिए। उनका अनुसार १६ किलोमिटर प्रतिघन्टाको वेगमा चलेको ट्रेनले जु कुन एमआरटी स्टेशनमा पहिलेदेखि खराब अवस्थामा रहेको ट्रेनलाई ठक्कर हानेको हो।
ट्रेनमा ५ सय १७ यात्रु थिए। उनीहरुले एउटा सफ्टवेयरको सुरक्षा फिचरलाई बन्द नगर्दा घटना भएको दाबी गरेका छन्।
उनीहरुको बयानमा भनिएको छ, 'बिहान ८ बजेर १९ मिनेटमा एउटा बिग्रिएको ट्रेन अर्को ट्रेनको पछाडि गएर रोकिएको थियो र ८ बजेर २० मिनेटमा दोस्रो ट्रेन अचानक हिँड्न थालेपछि पहिलो ट्रेनसँग गएर ठोक्कियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।