हारारे- सैनिक 'कू'पछि नजरबन्दमा परेका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिन अस्वीकार गर्दै आएका छन्। उनलाई दुई दिनअघि बुधबार सेनाले घरमै नजरबन्दमा राखेको थियो।
उनको नजरबन्दलाई लिएर विश्वभर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
को हुन् त रोबर्ट मुगाबे? यस्ता छन् उनका जीवनका १० मुख्य आरोहअवरोह :
१. फेब्रुअरी २१, १९२४ मा मुगाबेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो।
२. सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देशबाहिर क्रियाशील भइरहेको बेला उनी रहोमेसीआ फर्किए र उपनिवेशविरुद्ध लड्नका लागि नेशनल डेमोक्र्याटिक पार्टीमा आबद्ध भए। त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगाबेले जोसुआ कोमोको जिम्बावे अफ्रिकी पिपुल्स युनियनमा आबद्ध भए।
३. सन् १९६४ देखि ७४ सम्म मुगाबे राष्ट्रवादी गतिविधिहरुका कारण हिरासतमा बस्नुपर्यो। हिरासतमुक्त भएपछि भने उनले प्रतिबन्धित जेएएनयुलाई नेतृत्व दिए। श्वेत शासक इआन स्मिथका विरुद्धमा संघर्ष थाले। सन् १९७२ देखि ७९ सम्ममा २७ हजार जनाको मृत्यु भएको थियो।
४. अप्रिल १८, १९८० मा १९६५ देखि एकपक्षीय रुपमा ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको रहोडेसीआलाई पूर्ण रुपमा स्वतन्त्र भएको घोषणा गरियो र जिम्बाबे नामाकरण गरियो। मुगाबे प्रधानमन्त्री बने भने अर्का नेता कोमो गृहमन्त्री बने।
५. फेब्रुअरी १९८२ मा कोमोलाई मुगाबेविरुद्ध लागेको अरोपमा हटाइयो। त्यसको एक वर्षपछि भएको हिंसाका कारण २० हजार जनाको मृत्यु भयो।
६. डिसेम्बर १९८७ मा मुगाबे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति बन्न पुगे।
७. फेब्रुअरी २००० मा संविधान पुन: संशोधन भयो।
८. मार्च २००८ मा विपक्षी नेता मोर्गान टिस्भाङीराईसँग मुगाबे पहिलो चरणमा राष्ट्रपति पदका लागि प्रतिस्पर्धी बने। उनी फेरि निर्वाचित भए।
९. डिसेम्बर २०१४ मा मुगाबेले आफूलाई सफल बनाउन सघाउनेहरुलाई बेवास्ता गरेर आफ्नो दोस्री श्रीमती ग्रासलाई जेडएएनयु पिएफ पार्टीको अध्यक्षका रुपमा मनोनयन गरे।
१०. नोभेम्बर १५, २०१७ मा सेनाले सत्ता कब्जा गर्यो। उनलाई अहिले सेनाले घरमै नजरबन्दमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।