धनगढी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जितेपछि आफू फेरि प्रधानमन्त्री हुने दाबी गरेका छन्।
नेपाल प्रेस युनियनले आज यहाँ गरेको आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन्।'
विपक्षी नेताहरुले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै उनले थपे, 'उनीहरुले भनेर केही हुन्न, ज्योतिषीले सात पटक प्रधानमन्त्री हुनुहुन्छ भनिसक्नुभएको छ।'
उनले अहिले पार्टी एकजुट भएर चुनावमा होमिने बेला आएको उल्लेख गर्दै पार्टीलाई विजयी गराउन सहयोग गरेमा कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवा हुने बताए। प्रधानमन्त्रीसमेत रहेका देउवाले देशभरि शान्ति सुरक्षाको व्यवस्था सुदृढ र चुस्त पारिएकाले आगामी निर्वाचनमा निर्धक्कसँग मतदानमा सहभागी भएर निर्वाचन सफल पार्न अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।