पथरी, मोरङ- पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा यहाँ रोचक प्रतिस्पर्धा हुने भएको छ।
नेपाली कांग्रेस र वाम गठबन्धनको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गर्ने अवस्था छैन।
प्रदेशसभाको चुनावमा वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रदेशमा पूर्वप्राध्यापक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल र जीवन आचार्य चुनावी मैदानमा छन्। आचार्यलाई पोखरेलले स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा ‘नेपाल परिचय’ विषय पढाएका थिए। पोखरेल एमालेका पुराना कार्यकर्ता हुन्।
यहाँ गुरुचेला नै निर्वाचनमा भिड्दै गरेकाले मतदाताले रोचक रुपमा लिएका छन्।
पोखरेलका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसका युवा तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य केदार कार्की पनि चुनावी मैदानमा छन्। पोखरेल कार्कीका पनि गुरु हुन्।
कार्कीलाई पोखरेलले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमै पढाएका थिए। कार्कीलाई २०६२/०६३ को जनआन्दोलनमा तत्कालीन शाही सेनाले पक्राउ गरेको थियो। उनी सो क्रममा १९ दिन जेल बसेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।