एजेन्सी- चीनको इ–कमर्श कम्पनी अलीबाबाले एक दिनको कमाइमा पछिल्लो सबै कीर्तिमान भंग गरेको छ। र, यो कम्पनीले एक दिनमा सर्वाधिक समान बेच्ने इतिहास रचेको छ।
अलीबाबाले १३ नोभेम्बरमा १० अर्ब डलरको सामान बिक्री गरेको थियो। चीनको चर्चित इ–कमर्श कम्पनीले सुरुको ३ मिनेटमै १ दशमलव ५ अर्ब डलर बिक्री गरेको हो। यही वर्ष मात्र उसले २५ अर्ब ३० करोड डलरको सामान बेचिसकेको छ।
चीनमा ११ नोभेम्बरलाई ‘एकल दिन’ को रुपमा मनाउने गरिन्छ। यसको सुरुवात १९९० देखि सुरु भएको हो र युवाहरुमा यो निकै लोकप्रिय छ।
अलीबाबाका मालिक ज्याक मा एसियाको चौथो धनी व्यक्तिको सूचीमा पर्छन्। २०१७ को फोर्ब्समा उनको कूल सम्पत्ति ३९ दशमलव ३ बिलियन डलर आँकिएको थियो। ज्याक माले अलीबाबा कम्पनी १९९९ मा हाङ्झुको आफ्नो सानो अपार्टमेन्टबाट सुरु गरेका थिए।
पहिले उनको कामलाई सबैले शंकाको दृष्टिले हेर्थे। ज्याकले १९९४ मा अमेरिका जाँदा पहिलोपल्ट इन्टरनेट देखेका थिए। उनले चीन फर्किनेबित्तिकै ‘चाइना पेज’ को नामबाट देशकै पहिलो अनलाइन डाइरेक्टरीको सुरुवात गरे।
यही कामका कारण उनी चीनमा ‘मिस्टर इन्टरनेट’ को नामबाट चर्चित बने। उनको पहिलो प्रोजेक्ट लामो समय टिकेन। छिट्टै धराशायी भयो। यसपछि उनले अलीबाबाको नामबाट दोस्रो कम्पनी खोलेका थिए।
उनले यो कम्पनी १७ जना साथीहरुसँग मिलेर स्थापना गरेका थिए। अलीबाबा सुरु गर्नुअघि उनले जागिरका लागि ३० वटा कम्पनीमा आवेदन पनि दिएका थिए। तर, सबैमा उनी अस्वीकृत भए। उनलाई यो कम्पनी खडा गर्न जापानको सफ्टबैंकले कर्जा दिएको थियो।
ज्याक माको स्कुले जीवन निकै रोचक छ। उनलाई स्कुले ज्ञानमा पटक्कै विश्वास थिएन। उनी कोर्सको किताब पढ्न रुचि राख्दैनथे। उनी पाँच कक्षामा दुई पल्ट र आठमा तीन पल्ट फेल भएका थिए।
चीनमा अहिले अलीबाबाको करोबार आकासिएको छ। कम्पनीको मार्केट भ्यालु नै ४.८ हजार अर्ब रुपैयाँको छ। यसले ई–कमर्शसहित फार्मा, आइटी, फाइनान्स, टुरिजम, मिडिया र इन्टरटेनमेन्टको व्यापार गर्छ।
अलीबाबाको समूहमा ३७ वटा कम्पनी आबद्ध छन्। भारतमा केही समयअगाडि लञ्च भएको पेटिएममा पनि अलीबाबाको शेयर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।