लन्डन (एजेन्सी)– आतंकवादी आक्रमणमा गत वर्ष २५ हजार ६ सय ७३ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ।
अमेरिकी युनिभर्सिटी अफ मेरिल्यान्डले विश्वव्यापी आतंकवादी हमलाका सबै तथ्यलाई एकत्रित गरेको हो। रिपोर्टमा ७७ वटा मुलुक आतंकवादी हमलाको चपेटामा परेको उल्लेख गरिएको छ।
विश्व आतंकवादी सूचकांक (जिटिआई) ले मंगलबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार, मृतकको संख्यामा भने अघिल्लो वर्षभन्दा २२ प्रतिशतले कमी आएको पाइएको छ। सिरिया, पाकिस्तान र अफगानिस्तानमा तुलनात्मक रुपमा कमी आएको हो। रिपोर्टअनुसार नाइजेरियामा आतंकवादी हमला ८० प्रतिशतले घटेको छ। त्यहाँ बोको हरामका कारण तनाव थियो।
उता, इराकमा इस्लामिक स्टेट (आइएस) का कारण ४० प्रतिशतले हमला बढेको उल्लेख गरिएको छ।
मृतकको संख्या कम भए पनि आतंकवाद फैलिंदै गएको र ७७ देशसम्म पुगेकोमा जिटिआईले चिन्ता व्यक्त गरेको छ। २०१५ को तुलनामा गत वर्ष आतंकवादी हमला थप १२ देशमा बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।