



तेहरान, इरान –आइतबार गएकोे शक्तिशाली भूकम्पका कारण मङ्गलबार अबेरसम्म इरानमा मात्रै ४४५ जनाको मृत्युभएको इरानी अधिकारीले बताएका छन्।
इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको संख्या सात हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ। भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ।
यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षत विक्षत बनेका वस्तीहरूको अवलोकन गरेका छन्।
राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै विपतको यो वेला अविचलित बन्दै उद्धारका काममा सहयोग पु¥याउन स्थानीय जनता, सुरक्षाकर्मी लगायतका उद्धार टोलीलाई आग्रहसमेत गरेको इरानी टेलिभिजनले जनाएका छन्।
उद्धारमा इरानी सेना, इश्लामिक रिभोलुसन गार्ड कप्स, स्वयम्सेवक बासिज बल, रेड क्रिसेन्ट र इश्लामिक रिभोलुसन हाउजिङ् फाउन्डेसन लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाले भूकम्पबाट प्रभावित सवैलाई उपचार, औषधि, बास तथा खाद्यान्न लगायतका अतिआवश्यकीय सामग्रीमार्फत सहयोग पु¥याएका छन्।
यसैबीच भूकम्पबाट इरानलाई परेको दुःखप्रति विश्वभरबाट सहानुभूति तथा सहयोगका लागि व्यक्त गरिएका सन्देशहरू आएका बताइएको छ । विदेशमन्त्री मोहमद जावेद जरीफले इरानको पीडामा दुःख व्यक्त गर्ने सम्पूर्ण विश्वसमुदायको प्रशंसा गरेका छन्। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।