नगरकोट- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुंगानाले मंसिर २१ गते हुने निर्वाचनमा आफूलाई सहयोग गर्न नेपाल मजदुर किसान पार्टीसँग आग्रह गरेका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा ढुंगानाले सके आफ्ना पार्टीका उम्मेदवारीलाई जिताउन र नसके अन्य राम्रा उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे।
ढुंगानाले निर्वाचन खर्च दैनिक महँगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसकिने अवस्था आएको बताए।
भक्तपुर क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगर र चाँगुलाई सांस्कृतिक क्षेत्र र नगरकोटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताए।
कार्यक्रममा कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क)का उम्मेदवार जीवन खत्री, (ख)का उम्मेदवार अनिल भुजु र निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार गणेशमान चक्रधरले लोकतन्त्र रक्षाका लागि कांग्रेसले निर्वाचन जित्नुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।