काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वाम गठबन्धनलाई यस पटक निर्वाचनमा जनताले जिम्मेवारी दिने दाबी गरेका छन्।
नेकपा एमाले काठमाडौं महानगरपालिका–३ बसुन्धराले आयोजना गरेको चुनावी कार्यक्रममा नेता पोखरेलले देशमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिका लागि मतदाताले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त गरेका हुन्।
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका नेता पोखरेलले विगतमा नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएका सरकारले निजीकरणका नाममा सम्भावना भएका अधिकांश उद्योगलाई धराशायी बनाएको आरोप लगाए।
सो अवसरमा काठमाडौं महानगरपालिका–३ का वडाध्यक्ष दीपक केसी र एमाले कामपा–३ का अध्यक्ष कृष्ण चालिसेले वामपन्थीको एकताले लोकतन्त्रमा चुनौती थपिएको भनेर कांग्रेसले गठबन्धन विरुद्ध विभिन्न भ्रम फैलाएको भन्दै त्यसप्रति चनाखो हुन आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।