वासिंटन (एजेन्सी)– अमेरिकी सुरक्षा अधिकारीहरुले उत्तर कोरिया आफ्नो देशको वित्तीय संस्था, मिडिया संगठन र अटोमोटिभ संस्थानलाई धरासायी पार्न ह्याकिङको प्रपञ्चमा जुटेको आरोप लगाएका छन्।
उत्तर कोरियाली ह्याकरहरुले विकसित मालवेयर (कम्प्युटरलाई नोक्सान गर्ने सफ्टवेयर) मार्फत अमेरिकी कम्प्युटर नेटवर्कको चियोचर्चो गरिरहेको उनीहरुको भनाइ छ।
गृह सुरक्षा विभागबाट जारी गरिएको अलर्टमा तथाकथित ह्याकरको समूह ‘हिडन कोबरा’ को गतिविधिप्रति सजग रहन सुझाव दिइएको छ।
अमेरिकी अधिकारीले सन् २००९ मा भएको थुप्रै साइबर आक्रमणको पछाडि यही समूह जिम्मेवार भएको बताएका छन्। यो समूह उत्तर कोरियाली सरकारसँग जोडिएको बताइएको छ।
तर, अमेरिकाको सो आरोप झुटो भएको भन्दै उत्तर कोरियाले यसको खण्डन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।