बारा- अमेरिकाकाे बाल्टिमाेर निवासी नेपालीहरुले संकलन गरेकाे रकम बाराका हावाहुरीपीडितलाई राहतस्वरुप नगद हस्तान्तरण गरिएकाे छ।
हावाहुरीका कारण मृत्यु भएका १९ जनाका परिवारलाई निजहरुकै निवासमा पुगी साे रकम हस्तातरण गरिएकाे नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिए।
बाल्टिमोर निवासी वासुदेव पौडेलको संयोजनमा १६ जना प्रवासी नेपालीबाट संकलन भएको ९ सय १० अमेरिकी डलर नगद जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा पीडित परिवारलाई हस्तान्तरण गरिएकाे हाे।
बाराको प्रसोनी गाउँपालिका-६ का फेटा, धरमपुर, सुवर्ण र भलुहिहामा रकम हस्तान्तरण गर्न सुवेदीसँगै पूर्व राज्यमन्त्री कलादेवी पासवान, नेविसंघ निवर्तमान सहमहामन्त्री राजेश रौनियार, नेपाल कमर्श क्याम्पसका अध्यक्ष विष्णु खड्का लगायतका नेताहरु मृतकका परिवार बसोबास गरिरहेका टेण्ट र टहरामा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।