सिओल- दक्षिण कोरियाको फोहांग क्षेत्र केन्द्र बनाएर बुधबार शक्तिशाली भूकम्प गएको छ।
यहाँको स्थानीय समय अनुसार दिउँसो २ बजेर २९ मिनेटमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसलगत्तै केही मिनेटमै पुनः ५ दशमलव ४ म्याग्निच्युडको परकम्प गएको कोरियाको मौसम विभागले जनाएको छ।
भूकम्पको केन्द्र रहेको स्थान सिओलबाट सय किलोमिटर उत्तरमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।